थप ७३६ जनामा कोरोना पुष्टि, २४ घण्टामा १३ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ७३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७३६ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५० हजार ९१६ संक्रमित पुगेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८४७ संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ३९ हजार ४१६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५.४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १८ लाख ४९ हजार १३६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४५२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ९ हजार ७५७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like