78
कञ्चनपुर । कञ्चनपुरको झलारीस्थित स्वास्थ्य चौकीको प्रसूति गृहमा अनौठो शिशुको जन्म भएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुका दुवै हात छैनन् ।
पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताए । ‘शिशुका दुवै हात छैनन्’, उनले भने, ‘आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।’ रासस