लैङ्गिक हिसा रोक्न साईक्लिङ

by समतल अनलाइन

बुटवल।रुपन्देही साईक्लिङ संघको आयोजनामा बुटवल उपमहानगरपालिकाको सहकार्यमा लैङ्गिक हिसा विरुद्ध शनिबार साईक्लिङमार्फत सचेतना कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यालय परिसरबाट शुरु भएको यात्रा वडा नं १ पारी बुटवल, मजुवा, देविनगर, योगिकुटी, कालिकानगर, राजमार्ग चौराहा, रामनगर हुदै हिलपार्क पुगेर सम्पन्न भएको थियो ।                                                                                                कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब,ह्याप्पी साईक्लिङ क्लब, बुटवल साईकल क्लब लगायत विभिन्न क्लबका सदस्यहरुको ३ दर्जन साईक्लिष्टहरु सहभागी रहेको संघका अध्यक्ष पुकार थापाले बताए ।साईक्लिङसंगै सामाजिक सचेतनाका कार्यक्रमहरु समेत संघबाट गर्दै आएको उनले बताए । लैङ्गिक हिसा अन्त्यको प्रतिवद्घता: ब्यक्ति, समाज र सबैको ऐक्यबद्धता राष्ट्रिय नारासहित देशभर २५ नोमेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिनसम्म विविध कार्यक्रम चलेको छ।

 

 
 
  
 

You may also like