थप १४७४ जनामा कोरोना पुष्टि, २४ घण्टामा २९ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १४७४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १४७४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ३३ हजार ४५२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९३१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख १४ हजार ४२१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१.८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ९११ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख ३७ हजार ७४७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५३५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १७ हजार ४२३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like