थप १७०३ जनामा कोरोना पुष्टि, २४ घण्टामा २३ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १७०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १७०३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख २९ हजार ३४३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ सय ३६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख १० हजार ६७१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४६० पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख १० हजार ४६० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६०१ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १७ हजार २३७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like