कालोझण्डा देखाएको प्रतिनेकपा रुपन्देहीको आपत्ति

by समतल अनलाइन

बुटवल । नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई नेपाली काग्रेस रूपन्देहीले कालोझण्डा देखाएकोमा नेकपा रूपन्देहीले गंभीर आपत्ती प्रकट गरेको छ।                                                             शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाई संगसंगै लडेको स्मरण गराउदै जिल्लाका बिकाश आयोजनाहरूको उद्घघाटन,सिलान्यास र अनुगमनको सिलसिलामा रहनु भएका अर्थमन्त्रीको बिरोध गरेर कांग्रसले आफुलाई यी सबै विकास प्रयासहरूको बिपक्षमा खडा गर्न चाहेको त होईन? गंभीर प्रश्न खडा भएको छ।यस सन्दर्भमा हामी नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न आग्रह गर्दछौ।                            जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाइँले पार्टीले यस घटनालाई गम्भीरतापूर्वक लिएको बताए  ।

 
 
  
 

You may also like