थप १,७९० जनामा कोरोना संक्रमण, २,७९१ जना निको, २४ को मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा २,७९१ कोरोनामुक्त, २४ को मृत्यु
मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा योसँगै निको हुनेको २ लाख ४ हजार ८५८ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

 
 
  
 

You may also like