प्रदर्शनमा स्कुटी जलाउने चार जना बिरुद्ध मुद्दा दर्ता

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयलाई लिएर गरिएको प्रदर्शनमा स्कुटी जलाइएका चार जनालाई प्रहरीले मुद्धा चलाइ अनुसन्धान सुरु गरेको छ ।
बुटवल उप महानगरपालिका ११ देविनगर होराईजन चोकमा प्रदर्शनका क्रममा लु १ व २४७० नम्बरको स्कुटी जलाउनमा संलग्न चार जनालाई पक्राउ गरी अपराधिक उपद्रवको मुद्धा दर्ता गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ बुद्धनगरका अन्दाजी २५ बर्षीय भेषराज पोख्रेल, सोही स्थानका अन्दाजी ३५ बर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका २ का अन्दाजी २८ बर्षीय सन्दिप पाण्डेय र गुल्मी मालिका गाउँपालिका स्थायी घर भएका हाल लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने अन्दाजी ३० बर्षका सुरज क्षेत्रीलाई प्रहरीले मुद्धा चलाएको हो ।

 
 
  
 

You may also like