प्रदेश ५ को राजधानीको नाम लुम्बिनी , राजधानी दाङमा राख्न प्रस्ताव

by समतल अनलाइन

बुटवल । प्रदेश न ५ काे राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएकाे छ । बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाएका छन् ।

राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेका हुन् ।बैठकमा प्रस्ताव पेश भए लगत्तै सांसदहरुले आपत्ती जनाएका छन् ।

नाम राजधानी सिफारिस समितिले प्रस्ताब गरेभन्दा फरक र कार्यसूचि पनि एक्कासी ल्याइएकाे भन्दै नेपाली का‌ग्रेसका रमा अर्याल,फकरुदिन खानले असहमति जनाएका छन् ।अबकाे अर्काे बैठक असाेज १९ गते बस्ने सभामुख पूर्णबहादुर घर्तीले बताए ।

राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।

 
 
  
 

You may also like