मुलुकभरको मौसममा सामान्य बदली, केही स्थानमा वर्षाको पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ । उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले मुलुकभरको मौसममा सामान्य वदली भएको छ ।सोही प्रभावले मुलुकका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा भने आंशिक बदली रहने महाशाखाले जनाएको हो।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जारी गरेको मौसम पूर्वानुमा बुलेटिनमा उल्लेख छ।

 
 
  
 

You may also like