रुपन्देहीमा शनिबार थपिए ६६ जनामा कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा शनिबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या दुइ हजार ४ सय १२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा थप २१ महिला र ४५ पुरुषमा संक्रमण देखिएको छ। शनिबार साँझ ६ बजे सम्म रुपन्देहीमा ६६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार हालसम्म संक्रमण भएका मध्ये २२ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १७२६ जना निको भएर फर्किसकेका छन् भने ६६४ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

 
 
  
 

You may also like