नेपालमा थपिए १,२२८ कोरोना संक्रमित , कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

by समतल अनलाइन

काठमाडौं।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ थियो ।पछिल्लो २४ घण्टामा थप ९१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २४ हजार २०७ पुगेको छ । निको हुने दर ५६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० थियो ।मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

 
 
  
 

You may also like