एक वृद्धको कोरोनाबाट काभ्रेमा मृत्यु

by समतल अनलाइन

काभ्रे । काभ्रेमा एक कोरोना भाइरस संक्रमित वृद्धको निधन भएको छ ।काभ्रेका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
उनमा २७ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता उनको आइसियुमा राखेर उपचार हुँदै आएको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै काभ्रेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि २६ साउनमा पाँचखाल ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ललितपुरस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएको थियो ।

 
 
  
 

You may also like