स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युबर्सहरुलाई सदस्यता प्रदान गर्नै, सदस्यताका लागि आह्वन

रोजन रोका
दाङ । स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ ले यूट्युवर्सहरुलाई संस्थाको सदस्यता बितरण गर्नैभएको छ ।
यूट्युवर्सहरु पनि पत्रकार भएको ठहर गर्दै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ले संस्थागत एवं व्यक्तिगतरुपमा पत्रकार संस्थामा आबद्ध गर्नैका लागि सदस्यता प्रदान गर्नलागेको स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो ।
स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ को फेसबुक मेसेन्जरग्रुपमा भएको बैठक पछि बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रदेश नं ५ का सचिव बिन्दु घिमिरे ले यूट्युवर्सहरुलाई पत्रकार आचारसंहिता पालना गराउन आवस्यक रहेका कारण सदस्यता प्रदान गर्नलागिएको स्पष्ट पार्नु भयो ।
पछिल्लो समयमा यूट्युवर्सहरुले पत्रकारीता आचार संहिताको पालनामा चिप्लििएको जनगुनासो सम्बोधन गर्दै सदस्यता प्रदान गर्नलागिएको स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद् पौड्यालले बताउनु भयो ।
नेपाल भरी जुनसुकै स्थानबाट संचालनमा रहेका यूट्युवर्सहरुले सदस्यताका लागि आबेदन दिन सक्ने छन् ।
यूट्युवर्सहरुलाइ सदस्यता प्रदान गर्नका लागि स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष बिष्णुकुमनर देवकोटाको संयोजककत्वमा , कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद् पौड्याल, सचिव बिन्दु र कोषाध्यक्ष बिमल भट्टराई सम्मिलित चार सदस्यिय सदस्यता बितरण कमिटि निर्माण गरेको छ ।
यस्तै स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ले सदस्य संख्या बृद्धिगर्नका लागि प्रदेश नं ५ भरी सदस्यता बितरण कार्यलाई तिब्रता दिने जनाएको छ ।
बैठकले सबै प्रदेश नं ५ मातहतका जिल्ला शाखाहरुलाई निसर्त पत्रकारहरुलाई सदस्यता बितरण गर्नै निर्दैशन दिएको छ ।
सदस्यता बितरणका लागि क्रियासील संचारकर्मीहरुले संपर्क राख्न अनुरोध गरेको छ ।
सदस्यता लिन चाहने यूट्युवर्सहरुले बिष्णुकुमार देवकोटा ९८५७८३५१५७, ईश्वर प्रसाद् पौड्याल ९८५७०३७९१०, र विमल भट्टराई ९८६७०००२६९मा सिधा संपर्क राख्न अनुरोध गरीएको छ ।
इस्तै संपर्कका लागि स्वतन्त्र पत्रकार संघ प्रदेश नं ५ को ईमेल ठेगानामा संपर्क राख्न पनि अनुरोध गरीएको छ ।[email protected]

 
 
  
 

You may also like