गुल्मी ग्वाघाका स्थानीय भन्छन् मोवाइल र सिम छ नेटवर्क छैन

-छिमेकी गाउँपालिका सहित चन्द्रकोटमै नेपाल टेलिकम र एनसिएल टावरहरू पनि छन् तर त्यसक्षेत्रका स्थानीयका मोवाइलमा भेटेन।
हरि पाठक
गुल्मी।गुल्मीमा सञ्चारले जोडेको छैन भन्दा प्रश्न उठ्ला तर अहिलेसम्म छोएन भनेेेेको सुन्दै अच्चम लाग्छ, जिल्लामा २ नगरपालिका र १० गाउँपालिका गरि १२ स्थानीयतह छन् ती मध्ये गुल्मीको चन्द्रकोट गाउँपालिकामा पनि सञ्चार पुगेन भन्दा प्रश्नै उठ्ला पुगेकै छ तर चन्द्रकोटको वडा नं.५ भित्रका साबिकको वडामा भने अझै सञ्चारले छुनै सकेन।गुल्मीमा बिरलै होलान् यस क्षेत्रको पहुँचबाट स्थानीय टाढा रहेको ।

अहिलेको २१ अौँ सताब्दीको युग, सुचना प्रविधिको युग हो । प्रविधिको माध्यमबाट घरमै बसेर विश्वका हरेक गतिविधिको बारेमा बुझ्न विभिन्न कार्यहरू सशजै गर्न, सुन्न र सुचना सहजताको माध्यम सञ्चार नै हो ।सुचना दिने एउटा सहज माध्यम रेडियो बनेको छ तर सबैको घरघरमा रेडियो नहुन पनि सक्छ। यो बन्दाबन्दीको समयमा धेरै ठाउँमा बिद्यार्थीलाई पठनपाठन गर्न र खबरआदन प्रदानका लागि फोनसम्पर्क नहुँदा समस्या भएको सुन्न सकिन्छ। चन्द्रकोट गाउँपालिकाको वडा नं. ५ ग्वाघामा मोवाइल नेट्वोर्क नहुँदा यस्तो समस्या उत्पन्न भएको हो ।

धेरै ठाउँ सञ्चार क्षेत्रमा जोडिए पनि एक ठाउँबाट अर्को ठाउँमा सहजै सुचना आदान प्रदान गर्न कठिन भएका अझै पनि गुल्मीका त्यस्ता गाउँ छन् जहाँ इन्टरनेट त परैको कुरा फोनसम्पर्क गर्नकै लागि अग्ला अग्ला डाँडाकाँडा वा अन्य क्षेत्रमा गएर नेट्वोर्कको महसुश गर्न पाएका छन्। यो आजको समस्या होइन धेरै समयसम्म भयो यो समस्या भोग्न वडा नं. ५ ग्वाघाका फुर्सेपोखरा, किटेनी,जोगिस्थान,धुवाखोला लगायतका ठाउँमा टावरको पँहुचले नभेट्दा समस्या जेल्न स्थानीय बाध्य छन् ।

सरकारले नेपालमा सञ्चार क्षेत्रले विकासमा फड्को मारेको बताइरहेको दशौँ वर्ष बितिसक्दा पनि गुल्मीको चन्द्रकोट आसपासका क्षेत्रमा अझै पुग्न नसकेको र अहिले बिद्यार्थीलाई अनलाईन कक्षा त परैको कुरा देश बिदेशबाट आफन्तको सन्चो बिसन्चोको खबर समेत आदानप्रादन गर्न निकै कठिन भएको स्थानीय तथा हाल रोजगारको शिलशिलामा भारतमा रहेका श्याम बिश्वकर्माको गुनासो छ।त्यस क्षेत्रमा स्काई टावरले भने केही मात्रमा काम गर्ने बताइएको छ।

उनले भने स्थानीयसरकारलाई नेपाल टेलिकमको नमस्ते टावरको पटक पटक माग गरे पनि स्थानीयबासीको यो समस्या एक दशकदेखि लामो समय हुँदा समेत संबंधित निकायले कुनै चासो नदेखाएको घरदेखि टाढा रहदा समेत आफ्नो घर परिवार तथा आफन्तसँग सम्पर्क गर्न समस्या रहेको स्थानीयको गुनासो छ। रेडियोको पहुँच भए पनि सबैको घरघरमा रेडियो,टेलिभिजन नहुँदा स्थानीय बासी सञ्चारको पहुँचबाट टाढा बन्दै गएका छन् ।

चन्द्रकोटको भातेपोखरा भन्ने स्थानमा एनसिएलको टावर भएता पनि त्यहाभएको नेट्वोर्कले चन्द्रकोट गाउँपालिका भित्रका साबिकका ४, ६ र ७ मा नभेट्नेहुँदा त्यहाका झण्डै ३ सय घरधुरीमा मुवाइल नेटवर्क नजोडिदा समस्या भएको स्थानीयले बताए।त्यस क्षेत्रमा एउटा नेपालटेलिकम टावर जडान गर्न नसक्दा बर्षौदेखि समस्या झेल्दै आएका स्थानीयले कहिलेसम्म सञ्चारको सुविधा पाउने हुन् भन्ने कुराको कुनै टुङ्गो छैन ।

त्यस क्षेत्रका स्थानीयको गुनासोबारे चन्द्रकोट गाउँपालिका वडा नं.५ का वडाअध्यक्ष टेक बहादुर पुनसँग बुझ्दा यो समस्याबाट ग्रसित भएको सत्य हो।तर वडाबाट निरन्तर पहल गरेको र पहल भएता पनि आजसम्म सफल नभएको धारणा ब्यक्त गर्नुभयो।उहाले कालिगण्डकी गाउँपालिकाको नयाँ गाउँ, छाँपचौरमा, बरेङ गाउँ गाउँपालिकाको भातेपोखरा, चन्द्रकोटको टिमुरेमा पनि एनसेल तथा नेपाल टेलिकमको टावर रहेता पनि दुरीका हिसाबले नजिकै छन् तर ती टावरले कामै नगर्ने वडाअध्यक्ष पुनले बताउनुभयो।यसको काम केही बर्ष अगाडिदेखि निरन्तर लागि परेता पनि योजना अझै सम्म नपरेको जानकारी गराउनुभयो।

वडाअध्यक्ष पुनले भन्नुभयो “दुरसचार कार्यालयमा पनि जानकारी गराईरहेको यस ठाउँमा टावहरू धेरै नै भएता पनि जनतासञ्चारबाट टाढा रहेको र दुरसचारबाट पनि प्राबिधिक हिसाबले त्यहा खास राख्न नपर्ने प्राबिधिक टोलीको जवाफ आउने गर्दछ।उनिहरूको वरपरका टावरहरूले नै समेट्नुपर्ने हो भन्ने जवाफ मात्र आउने तर कतैबाट पनि सुनुवाई नभएको र यस क्षेत्रका स्थानीय लामो समयदेखि नेट्वोर्कको पहुचबाट टाढा रहदै आउनुपरेको छ।”लक्षित गरी कुनै नेटवर्ट प्रदायक कम्पनीले टावर निर्माण नगरेपछि यस क्षेत्रका स्थानियहरू टेलिफोन सेवाबाट बन्चित छन् ।

उहाँले स्थानीय सरकार गम्भीर भएर नै भैरहवासम्म समेत आबश्यक्ता योजनाको फाइल पुगेको तर अझैसम्म टावर निर्माण हुन्छ वा हुदैन टावरको टुङ्गो नै नभएको र आबश्यक्ताको फाइल समेत कहाँ पुग्यो अलमलमै परेको बताउनुभयो।उहाले यो समस्यालाई निरन्तर उठान भने गरेको र दुरसचार क्षेत्रमा प्राबिधिक स्तरबाट थप बुझ्ने र समस्या समाधानको बाटो खोजिने बताउदै आफ्नो पनि समस्या राखेको निकायबाट कुनै प्रतिक्रिया नआउदा गुनोस नै रहेको बताउनुभयो।भैरहवाबाट कुनै प्रतिक्रिया नआएमा टेलिकमको जिल्ला शाखा कार्यालय गुल्मीमा बुझेर यसको काम अघि बढाइने जानकारी दिनुभयो।

बर्षौदेखिको सपना साकार हुन्छ कि भन्ने आशामा रहेका त्यस क्षेत्रका स्थानीय नेटवर्कको अभाव यस्तै बर्ष कति जाने हुन् भन्ने अन्योलताले आशा निराशामा परिणत हुन थालेको छ ।संघीय संरचना अनुसार स्थानीयलाई आफ्नो गाउँठाउँको हरेक समस्या स्थानीय स्तरबाट जनताको समस्या समाधान होला भन्ने आशा जाग्नु स्वभाबै हो।स्वास्थ्य शिक्षा सञ्चार र अन्य बिकास पुर्वधारका काम हुन्छन् र सहजै स्थानीयले सेवा पाउँछन् भन्ने आशा पनि नपलाउनु हुँदै होइन अझै पलाएको छ।

यस्तै सञ्चारको सेवा तथा अन्य सुविधाको लागि स्थानीय सरकार, राजनीतिक दल , समाजसेवीहरूको उचित समयमै पहलकदमी भुमिका हुनै पर्दछ प्रश्न चिन्ह खडा नहोला भन्न सकिँदैन समस्या आजको होइन बर्षौ बर्ष अगाडिको हो चन्द्रकोटका अन्य वडाको तुलनामा दुर्गम नै रहेकोले ती क्षेत्र अल्लिकन बिकट क्षेत्रका रूपमा सुगम बनाउन हरेक क्षेत्रबाट पहल हुनुपर्ने देखिन्छ।पक्कैै पनि त्यस क्षेत्रमा ढिलै भए पनि संबन्धित निकायबाट चासोका साथ समस्या समाधान हुने कुरामा पहल हुनेे नै छ ।संबन्धित पक्षबाट चासो नदेखाउनु र स्थानीय सरकारले आवश्यक कदम नचाल्ने काम रोकिएमा भने थप सास्ती जनतालाई नै हुनेछ। टावर निमार्ण वा अन्य बिकल्पमार्फत सेवा सुचारु भएमा त्यस क्षेत्रका करिब ३ सय घर धुरी सञ्चार क्षेत्रमा बढी प्रभाबित भएका हुन्।

ती नागरिकहरूले समस्याबाट चाडै नै छुटकार दिलाउन सकेमा मात्र सेवाबाट लाभन्वीत हुनेछन् ।त्यसैले यसतर्फ सम्बन्धित निकायले समयमै थप ध्यान दिनपर्नेमा आवश्यक देखिन्छ ।लामो समयदेखि समस्या भोग्दै आएको कालिगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारलाई लक्षित गरि टावर निर्माणको कार्य स्वीकृत भएको प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले जानकारी दिनुभएको थियो ।

 
 
  
 

You may also like