उपचारको क्रममा मृत्यु भएका गुल्मीका पुरुषको पिसिआर नेगेटिभ

बुटवल । गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका बाबुराम नेपालीको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।उनको आइतबार उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

सोमवार आएको स्वाबको रिर्पोटमा नतिजा नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पिसिआर जाँच गरिएको थियो ।४२ वर्षीया ती पुरूष ८ दिन अगाडि भारतको दिल्लीबाट घर आएका थिए । उनको रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुटवल ल्याइएको थियो । उनी गाउँकै क्वारेन्टाइनमा बसेका थिए ।

 
 
  
 

You may also like