तीन लाख घुससहित वडाध्यक्ष रंगेहात पक्राउ

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जनप्रतिनिधि नै घुस लिंदालिंदै समातिएकाछन् । रैनादेबी वडा नम्बर ७ का वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन्।

शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा अख्तियार दुुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।

काठको काम गर्ने एक ब्यवसायीसँग काठ लिलामको काममा सहजीकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा पक्राउ गरिएको आख्तियार कार्यालय बुुटवलका सूूचना अधिकारी सुुरेश भुसालले जानकारी दिए । पुनलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

पुन नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । सरकारले घोषणा गरेको लकडाउनकै अवधिमा जनप्रतिनिधि घुुस रकम सहित पक्राउ परेको हुुन ।

 
 
  
 

You may also like