भारतमा कोरोना संक्रमित एकै परिवारका नेपाली पाए नँया जीवन

काठमाडौं। नेपालमा धमाधम कोरोना संक्रमितहरु निको भइरहेका बेला भारतमा बस्दै आएका एकै परिवारका आठ सदस्यले कोरोनालाई जित्दै नयाँ जीवन पाएका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमित एकै परिवारका आठ नेपाली उपचारपछि निको भएका हुन् । अछामको चैरपाटी घर भई हाल भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीबीसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइपछि मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् । स्वास्थ्य लाभ गरेपछि उनीहरुले नयाँ जीवन पाएको बताएका बीबीसीले जनाएको छ ।

घर मूलीका अनुसार भारतमा लकडाउन घोषणा गर्नुअघि शुरुमा कार चालक आफ्नो माइलो भाइलाई ज्वरो आएको थियो । विभिन्न अस्पतालमा जाँच गराएर औषधि खाँदा समेत निको भएन । त्यसपछि कोरोना आशंकामा परीक्षण गराउँदा उनलाई संक्रमण पुष्टि भयो ।

त्यसपछि परिवारका ११ जनाकै स्वाब परीक्षण गरिएको घर मूलीले बताएका छन् । त्यस क्रममा उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा पनि कोरोना संक्रमण रहेको पत्ता लागेको थियो ।

थप सामग्री 

 
 
  
 

You may also like