गुल्मीको मुसिकोटले धानको बीउ अनुदानमा दिने

हरि पाठक
गुल्मी।मुसिकोट नगरपालिकाले किसानलाई अनुदानमा धानको बिउ वितरण गर्ने भएको छ।नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को वार्षिक स्वीकृत कृषि कार्यक्रम अनुसार नगरपालिकाभित्रका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरिने भएको हो। वडा वडाबाट सुचना जारी गर्दै धानको बिउ लैजान चाहने ती कृषक समूह,कृषक,कृषि उद्धमी वा फमहरूलाई ५०% अनुदानमा धानको बिउ किसानलाई वितरण गर्ने गरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।

यो कोरोना भाइरसको महामारीसंगै यसको उच्च संक्रमण तथा जोखिमलाई सतर्कता अपनाउन देश मात्र नभएर विश्व नै लकडाउनमा रहीरहदा र यस्को प्रभाव असर कहिले सम्म पर्ने अझै आकलन नै गर्न नसकिने स्थितलाई मध्येनजर गर्दै विश्व खाद्य संगठनले पनि खाद्यान्नको अभाव देखिने संकेत गरे संगै त्यसको प्रभाव नेपालमा पनि प्रत्यक्ष रूपमै पर्ने भएकोले यो समयमै नगरपालिकाको स्वीकृत बार्षिक कृषि कार्यक्रम अनुसार अनुदानमा खुमल ४ र हंशराज गरी दुई जातको धानको बिउ वितरण कार्यक्रम १ नं. वडाले पनि अगाडि बढाउन लागेको र निवदनको लागि सूचना प्रकाशित गरेको वडा अध्यक्ष पूर्णबहादुर हितान मगरले बताउनुभयो।आफूलाई आबश्यक धानको बीउ लैजान आग्रह गर्दै धान बितरणले यो बर्ष धान उत्पादन हुने स्थान खाली नहुने धारणा राख्दै अध्यक्ष हितानले किसानलाई व्यवसायिक बनाउन र जमिन बाँझो नरहने विश्वास व्यक्त गर्नुभयो।

बिउ लैजान चाहने त्यस्ता ईच्छुक कृषक,कृषि समूह,सहकारी उद्यमी किसानहरूले यही बैशाख १६ गते भित्रमा आफूलाई आबश्यक पर्ने खुमल ४ र हंशराज गरी २ प्रकारको धान मध्ये धानको जात,आफूलाई चाहिने परिमाण, जग्गाको क्षेत्रफल सहित वडा कार्यालयमा निबेदन दिन सकिने वडाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। ती किसानहरूले निवेदन र आबश्यक्ताको आधारमा बिउ प्राप्त गर्न सक्नेछन् । यस्तै नगरपालिकाले ९ वटै वडामार्फत नगरभित्रका किसााहरूलई बिउ आबश्यक पर्ने सम्पूर्ण कृषक बर्गहरूलाई उन्नत जातको सुधारिएको धानको बीउमा किसानलाई अनुदान दिने भएको छ ।यस वर्ष नगरपालिकाका नौ वटै वडामार्फत नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को बाषिक कृषि कार्यक्रम अनुसार धानको बिउ किसानहरूलाई अनुदानमा वितरण गर्ने योजना अगाडि बढाइएको नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो।

 
 
  
 

You may also like