काठमाडौंको सनसिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना शंका, अस्पताल भर्ना

काठमाडौ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक परिवारका आमा, छोरा र बुहारीमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ । अपार्टमेन्टको १५ औं तलामा बस्ने उनीहरुलाई कोरोना पोजिटिभ देखिएपछिपाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको उच्च स्रोतले बताएको छ ।

उनीहरुको पिसिआर गर्न पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ ।उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको बताइएको छ । उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरिएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा बस्ने सबैलाई घरभित्रै रहन आग्रह गरेको बताइएको छ।

 
 
  
 

You may also like