लकडाउनको पालना गराउन सडकमा खटिएका २०० प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण

भक्तपुर । सरकारले घोषणा गरेको लकडाउनको पालना गराउन चर्कोघाममा दिनभर सडकमा ड्यिुटीमा खटिएका प्रहरीलाई सडकमै पुगेर खानेकुरादेखि पन्जासम्म वितरण गरिएको छ । नेपाल दशनामी समाज भक्तपुरका युवा अध्यक्ष एवं भक्तपुर मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका अध्यक्ष गोकुल वनले मंगलबार सडकमै गएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई सामग्री प्रदान गरेका हुन् । जडीबुटीदेखि साँगासम्ममा ड्यिुटीमा खटिएका करिब २०० प्रहरीलाई पञ्जा, मास्क, पिउने पानी र खाजाको प्याकेट वितरण गरिएको हो ।

“कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले २५ गतेसम्मका लागि लकडाउन गरेपछि अधिकांश मानिस घरमै बसेका छन्, तर सुरक्षाका लागि सडकमा खटिएका प्रहरीले किनेर पानी र खाजा खाने ठाउँ पनि छैन, त्यसैले उनीहरुका लागि सामान प्रदान गरेका हौँ”, अध्यक्ष वनले भने ।रासस

 
 
  
 

You may also like