नेपाल चार्टर्ड एकाउन्टेन्ट्सद्वारा विपन्न परिवारलाई खाद्यान्न वितरण

बुटवल । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), रुपन्देही शाखाले तिलोत्तमा नगरपालिका वडा नं. १ रहेका विपन्न परिवारलाई वडा कार्यालयसंग समन्वय गरी तत्कालको लागि आवश्यक रहेको खाद्यान्न (चामल, दाल र नुन) सहयोग गरेको छ ।

संघले विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमण रोकथामको लागि विभिन्न तहका सरकारसंग समन्वय गरी आगामी दिनमा पनि आवश्यकता भएका विभिन्न स्थानमा खाद्यान्न, मेडिकल सामाग्रीहरु (जस्तैः पिपिई, स्यानिटाइजर, मास्क, ग्लोभ्स आदि) लगायतका अति आवश्यक सामाग्रीहरु सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

रुपन्देही शाखाका संयोजक सिए. प्रेम भुर्तेलले वडा कार्यालयमा उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।

 
 
  
 

You may also like