कोरोनाकोे चौंथो संक्रमित धनगढीमा भेटिए

बुटवल । कोरोना भाइरस (कोभिड–१९)को चौथो संक्रमित भेटिएका छन् ।संक्रमित व्यक्तिको सेती प्रादेशिक धनगढीमा उपचार भईरहेको छ ।हाल उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमित व्यक्ति ३४ बर्षिय नेपाली पुरुष रहेको बताईएको छ ।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। “उनी दुबईबाट आएका हुन्। उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका  प्रवक्ता देवकोटाले भने , “उनी चैत ११ गते भर्ना भएका थिए। स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो।”

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ।

 
 
  
 

You may also like