सिल्क एयरको यात्रामा अष्ट्रेलिया जाँदा सुन ९ तोला हरायो ( भिडियो )

बुटवल। नेपालबाट अष्ट्रेलिया जाँदा एक नेपालीको लगेजबाटै सुनका गरगहना हराएको छ । गत शुक्रबार ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर हुँदै सिल्क एयरबाट अष्ट्रेलियाको डार्विन गएकी श्रद्धा बरालको तीन लगेजमध्ये एक लगेज फुटाएर ९ तोला सुन चोरिएको उनले जानकारी दिएकी छन् ।

ताला लगाएको लगेज फुटाएर सुन झिकिएको उनले बताइन् । पोतेमा रहेको १ थान तिलहरी, एक जोडी झुम्का, मोतीमा रहेको १ थान जन्तर, ३ थान औंठी, सिक्री र लकेट १ थान, टप एक जोडी गहना चोरी भएको उनले बताएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेज जिम्मा लगाएपछि डार्विन पुगेर हेर्दा लगेज फुटालिएको भेटिएको जानकारी दिइन् । हराएको थाहा भएपछि त्रिभुवन विमानस्थलमा फोन गर्दा आफूहरुको जिम्मा नभएको जवाफ पाएको उनले बताइन् । सिल्क एयरमा ई–मेल गरे पनि जवाफ नपाएको गुनासो श्रद्धाको छ ।

भिडियो :

 

 
 
  
 

You may also like