लकडाउनको अवज्ञापछि पाल्पामा पनि निषेधाज्ञा

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले कोरोना भाइरस (कोविड(१९) को संक्रमण फैलिन नदिन जिल्लामा निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा मंगलबार दिउँसो ३ बजेदेखि चैत १८ गतेसम्म निषेधाज्ञा जारी रहने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको जानकारी दिए । निषेधाज्ञा अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रजिअ सुवेदीले बताए ।

 

लकडाउन अवज्ञा गर्ने ४४ सवारी साधन नियन्त्रणमा

 

पुर्वी पाल्पाको रामपुरमा आफुखुसी सवारी साधन चलाएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय रामपुरले आज विहान देखी ४१ वटा मोटरसाईकल, २ वटा ट्याक्टर र १ वटा एम्वुलेन्स नियन्त्रणमा लिएको पाल्पा प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधन ईलाका प्रहरी कार्यालय रामपुर परिसरमा राखिएको छ । एम्वुलेन्सको दुरुपयोग गरी नवलपरासी बाट स्याङ्जा गरेको सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो । अत्यावश्यक काम तथा सेवाको लागी सवारी साधन संचालनको लागी जिल्ला प्रशासन कार्यालयले सवारी पास प्रदान गर्दै आएको छ । सवारी साधन पास नभएका जुनसुकै सवारी साधन पनि नियन्त्रणमा लिइने, ती सवारी सवारी साधन कोरोना भाइरस सक्रमणको सचेतनाको काममा प्रयोगमा ल्याईने प्रहरी उपरिक्षक दिपेन्द्र जि.सी.ले बताए ।

 
 
  
 

You may also like