बुटवल आइसोलेसन अस्पतालको मुख्यमन्त्रीद्वारा निरीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकाले लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा निर्माण भएको आइसोलेशन अस्पतालको मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गर्नुभएको छ । त्यसक्रममा उहाँले अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापनका बारेमा चासो राख्नुभएको थियो ।


मुख्यमन्त्रीले सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउन र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्ने वातावरणको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । मुख्यमन्त्रीसहित प्रदेश सरकारका स्वास्थ्य निर्देशक, विशेषज्ञहरु र प्राविधिकहरुले पनि निरीक्षण गर्नुभएको थियो ।
त्यसक्रममा बुटवलका प्रमुख तथा आइसोलेसन अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका संयोजक शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष तथा कार्यदलका सह–संयोजक सूर्यबहादुर भट्टराईले अस्पताल निर्माणका चरणका बारेमा जानकारी गराउनुभएको थियो ।
यसअघि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले पनि आइसोलेसन अस्पतालको निरीक्षण गरेका थिए । उक्त संगठनका प्रतिनिधि डा.श्रूति नेपालको टोलीले आइतबार अपरान्ह आइसोलक कक्षको निरीक्षण गर्दै उपयुक्त रहेको प्रतिक्रिया दिएका थिए ।

 
 
  
 

You may also like