इट्टा उद्योगका कामदार र नाईकेबिच अभिमुखीकरण

बुटवल । ईट्टा उद्योगमा कार्यरत मजदुरको हक हीत र उनका सन्तानहरुको शिक्षा स्वास्थ्यमा विशेष पैरवी गर्दै आएको बेटर ब्रिक नेपाल ९बीबीएन० ले कामदार र तिनका नाइकेका बीचमा अभिमूखिकरण गरेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–५ बुद्धनगरमा रहेको सोना इट्टा उद्योगमा सञ्चालित परियोजना अन्तर्गत मंगलबार नाइके तथा कामदार बिच अभिमूखीकरण भएको परिचालक मनोज गिरीले जानकारी दिए ।

उद्योग संचालक विक्रमरत्न वर्जाचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परियोजनाका प्रतिनीधी दिवास घिमीरेले बिबिएन परियोजना कामदार र उद्योगीको हितमा रहेको भन्दै इट्टा उद्योगलाई उद्योगमा रुपान्तरण गर्न कामदारमैत्री उद्योगका रुपमा स्थापीत गराउन काम गरीरहेको बताए ।

कामदारका बालबच्चाहरु शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उद्योगमै बालबिकास केन्द्र स्थापना गरी विद्यालय सम्म जाने वातावरण बनाएको प्रतिनिधि घिमिरेको भनाइ छ ।

उद्योगका संचालक वर्जाचार्यले उद्योग एउटै परिवार भएकोले यहाँ भित्रका हरेक समस्या, गुनासा, अप्ठ्याराहरु समाधानका लागि आफू सधैँ तयार रहेको बताए । उनले आफुले नाफा कमाउने मात्रै उद्देश्य नराखेको उल्लेख गर्दै हरेक मजदुरलाई परिवारकै रुपमा हेरेको दाबी पनि गरे । उद्योगका व्यबस्थापक विष्णु पोखरेलले कामदारहरुको स्वास्थ्य र सुरक्षामा विशेष जोड दिनुपर्ने बताउँदै मजदुरमैत्री व्यवस्थापन बनाउन लागिएको बताए ।

कार्यक्रममा बोल्दै कामदार समितिका संयोजक रामधन निषाद, सदस्य हरीकला थारु, सूरक्षा तथा स्वास्थ्य समितिका सदस्य अङगत चौधरीलगायतले बेटर ब्रिक नेपालका पाँच मापदण्ड अनुरुप उद्योगमा व्यवस्थापन भएको बताए । उनीहरुले आफुहरुले गुनासो राख्ने अवसर पाएको र त्यसलाई अझ सहज बनाउँदै जाननुपर्ने बताएका थिए ।

उनीहरुले वेटर ब्रिकको अर्थ, बालश्रम निषेध गरिएको कामदारहरुलाइ इच्छा विपरित काम गर्न नलगाएको, कामदारहरुको पारिश्रमीक र कार्यघण्टाको व्यवस्थापन भएको अमानवीय व्यवहारहरु नभएको प्रष्ट पारेका थिए ।

सामाजिक परिचालक मनोज गिरीले कामदार उद्योगको व्यवस्थापन पक्षका बीचमा विभिन्न समयमा छलफल, बैठक र अन्तरक्रियाहरु हुँदै आएको र त्यहाँको स्थानीय तहसहितका सरोकारवाला निकायका बीचमासमेत विभिन्न समयमा छलफलहरु हुँदै आएको बताए ।

उक्त इटा उद्योगमा सोना बाल शिक्षासमेत सञ्चालित छ । त्यहाँ मजदुरका सन्तानले पढ्दै आएका छन् । उनीहरुलाई शिक्षकद्वय अनिता ज्ञवाली र सुशिला भट्टराइले पठन पाठन गराउँदै आएका छन् । मंगलबार भएको अभिमुखीकरण कार्यक्रमको संचालन अर्का सहजकर्ता कमल चौधरीले गरेका थिए ।

 
 
  
 

You may also like