कोरियाको डेगुमा ८ हजार नेपाली कोरोनाको त्रासमा, कम्पनीले भन्यो घर जाउ

by समतल अनलाइन

काठमाडौं। पछिल्लो चार दिनमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ । सोमबार एक सय ४६ जनामा कोरोना भाइरसको जीवाणु पत्ता लागेको रोग नियन्त्रक महाशाखाले जनाएको छ । अहिलेसम्म आठ सय ३३ जना संक्रमित भइसकेका छन् । संक्रमणसँगै मृत्युको दर समेत बढ्न थालेपछि त्यहाँ रहेका नेपालीमा त्रास बढ्न थालेको छ ।

नेपाली जनसम्पर्क समिति कोरियाका पूर्वअध्यक्ष नवराज शिवाकोटीले कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाल जाने वा बस्ने भन्नेमा अन्योल देखिएको बताए ।

शनिबार भाइरसका कारण डेगु सहरमा एक कोरियन नागरिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटर पार्टस कम्पनीका चालक थिए । सोही कम्पनीमा काम गर्दै आएका १६ जना नेपाली बढी त्रासमा रहेको शिवाकोटीले बताए । उनीहरु स्वदशे फर्कन खोजिरहेका छन् ।

कोरिया सरकारले क्वारेनटाइनको व्यवस्था गरेको छैन, तर उनीहरु आफैं सुरक्षित तवरले बसिरहेका छन् । कम्पनीले भने फर्कन आग्रह गरिरहेको छ, उनले भने डेगुमा आठ हजार नेपाली छन् । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like