बाजुरामा भूकम्प, मच्चियो भागदौड

by समतल अनलाइन

बाजुरा । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सीमानामा केन्द्रबिन्दु बनाई बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । उनले भूकम्पले क्षति पु¥याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएकोे बताए । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।

 

 
 
  
 

You may also like