२०७६ फागुन ५ गते सोमबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभकार्यको चर्चा चल्ने छ । अकस्मात धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाज सेवा जस्ता कार्यमा मन लाग्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईको मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
झुटा आरोप आईपर्दा समस्या खेप्नु पर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । पारिवारिक सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जोश जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सद्भाव बढ्ने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । तीर्थाटनको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभ समाचार सुन्न पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । घरमा अतिथीको आगमन हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । स्वादिष्ट भोजन पनि पाईने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 
 
  
 

You may also like