रुपन्देहीमा दुई जना प्रहरी ५ हजार घुस सहित पक्राउ

by समतल अनलाइन

बुटवल ।रुपन्देहीमा दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जना प्रहरीलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामनगर ट्राफिक बीटमा कार्यरत असई सूर्यबहादुर अधिकारी र देवदह खैरेनी पोष्टमा कार्यरत प्रहरी जवान छवीलाल पोखरेल रहेका छन् ।

अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार टिपर सञ्चालनमा सहज बनाइदिने भन्दै ५ हजार घुस लिँदै गरेको अवस्थामा अधिकारीले पक्राउ परेका हुन् ।
प्रहरी जवान पोखरेललाई ३ हजार घुससहित पक्राउ गरिएको भुसालले बताए ।

दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए

 
 
  
 

You may also like