देवदहमा हुने माघ १५ देखि छैठौ देवदह व्यापार मेला

by समतल अनलाइन

बुटवल । देवदह व्यापार संघ रुपन्देहीको आयोजानमायहि माघ १५ गते देखि २६ गते सम्म देवदह मण्डप देवदहमा छैठौ राष्ट्रिय देवदह औद्योगीक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

मेलाको तयारी पुरा भएको मेला आयोजक संस्था देवदह व्यापार संघले आईतबार पत्रकार सम्मेलनको आयोजनामा गरी जानकारी दिएको हो । मेलाले आधुनिक कृषि प्रविधि , औजार तथा उपकराण्हरुको प्रर्दशन गरी व्यवसायीक कृषिलाई प्रर्वद्धन गर्ने लक्ष्य लिइएको छ । मेला मुल आयोजक समितिका संयोजक तथा देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्गले स्थानिजय स्तरका कृषि उपजहरुको वृहत प्रर्दशन तथा प्रसार प्रसार गर्ने, प्रर्दशन गरिएका उन्नत जातका विउ विजन, उपयुक्त प्रांगारिक मलको प्रयोग गरि गुणात्मक उत्पादनमा वृद्धिका लागि सहयोग गर्ने कृषि सम्बन्धी गोष्ठी तथा अन्तरक्रिया मेलामा आयोजना गरिने छ ।

मेलामा व्यापार प्रर्दशनी, प्रर्वद्धनका अलवा पुस्तक स्टेशनरी, अटोमोवाईल्स, अन्तराष्ट्रिय स्टल, उन तथा गलैचा, तयारी पोशाक लगायतका बस्तुका स्टलहरु रहने छन् । देवदह नगर पालिका सह आयोजक रहेको मेलाको सहयोगी िनकायको रुपमा देवदह उद्योग बाणिज्य संघ रुपन्देही, उद्योग व्यापार संघ देवदह, प्रगति सामुदायिक वन सहयोगी संस्थाको रुपमा रहेका छन् ।

मेलाको टिकट विक्रीबाट ५ प्रतिशत रकम गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माणमा खर्च गरिने आयोजकलले जनाएका छन् । पत्रकार सम्मेलनमा वोल्दै आयोजक समितिका संयोजक तथा देवदह व्यापार सँघका अध्यक्ष कोशबहादुर गुरुङले मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रर्दशनी विविध संस्कृति झल्कीने स्टलहरु,काष्ठकला प्रर्दशनी ,कृषि व्यवसाय सम्वन्धी गोष्ठी,वाल उद्धान,दैनिक उपभोग्य वस्तुहरुको प्रर्दशनी तथा विक्रि वितरण गरिने बताए । त्यसै गरि स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति तथा हास्य व्यंग्य कार्यक्रम ,राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता,फोटो प्रर्दशनी ,विविध सांस्कृतिक झल्कने प्रस्तुती समेत महोत्सवको आकर्षणको रुपमा रहेको अध्यक्ष गुरुङले बताए ।

महोत्सव स्थलमा ईन्टरनेट तथा सञ्चार सेवा उपलव्ध रहने,शिशु स्याहार कक्ष, प्राथमिक उपचार कक्ष, अपाङ्गहरुका लागि सहयोगीको व्यवस्था तथा ७० वर्ष भन्दा माथिकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।देवदह क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने,कृषि उत्पादन तथा घरेलु तथा साना उद्योगलाई प्रोत्सहान गर्ने, उत्पादक र उपभोक्ता वीचको सम्वन्धलाई अभिवृद्धी गर्ने,आधुनिक तथा नया प्रविधि, उपकरणको वाारेमा जानकारी गराउने जस्ता उद्धेश्यहरु महोत्सवमा राखिएको आयोजकले जनाएका छन् ।

यस पटकको मेलामा लोप हुन लागेको पञ्चेवाजाको प्रतियोगिता गरी संस्कृति संरक्षणमा योगदान दिने सांस्कृतिक उपसमितीका संयोजक तेजु अर्यालले जानकारी दिए । करिव ३ सय स्टल रहने मेलामा ६ लाख दर्शकले अवलोकन गर्ने तथा १० करोड वरावरको आर्थिक कारोवार हुने लक्ष्य राखिएको आयोजकले जनाएका छन् । टिकटबाट आम्दानी हुने रकमको ५ प्रतिशत गौतम वुद्ध राष्ट्रिय उद्यानमा लगानी गरिने मुल आयोजक समितिका सदस्य सचिव पिताम्वर खरेलले बताए ।

महोत्सवको समुदघाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले गर्ने बताईएको छ

 
 
  
 

You may also like