बाजुराको रुगिन केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प, स्थानीय त्रसित

by समतल अनलाइन

काठमाडौं– बाजुरामा भूकम्पको धक्का महशुस भएको छ । आइतबार साँझ बाजुराको रुगिन केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बेलुका ८ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको हो ।

भूकम्प गएको केहीबेर पछि पनि पुनः भूकम्पको अर्को धक्का महशुस भएको स्थानीयले जानकारी दिएका छन् । उक्त भूकम्प पहिलेकै भूकम्पको परकम्प भएको केन्दंले जनाएको छ ।

बाजुराको हिमाली गाउँपालिकामा पर्ने रुगिनमा भूकम्पको केन्द्रविन्दु हुँदा छिमेकी जिल्ला हुम्ला तथा मुगुमा समेत भूकम्पको धक्का महशुस भएको जनाइएको छ । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

 
 
  
 

You may also like