यस्तो छ आगामी तीन दिनको मौसम

by समतल अनलाइन

काठमाडौं । जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम सामान्य रहने जनाएको छ । महाशाखाका अनुसार मुलुकको मौसम क्रमिक रुपमा सुधार हुँदै गएकोले अब वर्षा हुने तथा अत्याधिक चिसो बढ्न क्रमसः कम हुँदै जाने जनाएको छ ।

विभागका अनुसार पुस २५ गते शुक्रबार सामान्यतय मासम सफा रहनेछ ।

हाल देशको तराई भू–भाग तथा केहि पहाडी भ–भागमा कुहिरो र हुस्सु लागेको अवस्था छ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २५ गते (शुक्रबार)

दिउँसोः देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गते (शनिबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशका पश्चिमी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २७ गते (आईतबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

 
 
  
 

You may also like