राँगोलाई ठक्कर दिएर स्करपियो पल्टिदा एकको मृत्यु, पाँच घाइते

by समतल अनलाइन

चितवन । नवलपुर–मलङ्गवा सडकअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको भारतीय नम्वरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको हो । आज बिहान पौने पाँच बजेतिर भएको दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

घाइतेहरुको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

यता, चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ४ देबौलीमा गएराति सौराहाबाट टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ना ५ख ६४४५ नम्बरको ट्रकमा ठक्कर खाएको हो ।

रोकिराखेको ट्रकमा पछाडीबाट ठक्कर खाँदा मोटरसाइकल चालक सोहि स्थानका ३० बर्षिय अजय चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like