रिचार्ज कार्डको नम्बर मेटियो? चिन्ता नगर्नुस्, यसरी प्रयोग गर्न सकिन्छ

by समतल अनलाइन

काठमाडौं । कहिलेकाहीँ रिचार्ज कार्ड कोर्ने क्रममा नम्बर मेटिने वा नबुझिने हुन सक्छ। नम्बर नै मेटियो भनेर कार्ड नफ्याँक्नुस्। उक्त नम्बरमध्ये ६ वटा मात्र बुझिने भए पनि कार्ड प्रयोग गर्न सकिन्छ।
नेपाल टेलिकमका अनुसार ६ वटा वा त्यसभन्दा माथिका नम्बर चिनिने छ भने कम्पनीको वेबसाइटमा गएर अफैं रिचार्ज गर्न सकिन्छ। त्यसको लागि रिचार्ज कार्डमा भएका १६ अङ्‍कका पिन नम्बरमध्ये कमसेकम ६ वटा अङ्‍क देखिने हुनुपर्छ।

कार्डको पिन नम्बर प्रस्ट नभएमा वा कोरिएमा ग्राहकको नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर हुनुपर्छ।

यसको लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै ‘पिनरिकभरी डट एनटिसी डट नेट डट एनपी’मा लग अन गर्नुपर्छ।

यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अङ्‍कमा स्टार (८) चिन्ह राख्नुपर्छ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ। यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने टेलिकमले जनाएको छ।

कम्तीमा ६ अङ्‍क पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै सिधै जानुपर्नेछ। यसअघि सबै प्रकारका कोरिएका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमा पुग्नुुपर्ने बाध्यता थियो।

 
 
  
 

You may also like