निजी विद्यालयलाई सामाजिक संस्थामा रूपान्तरण गर्दै सरकार

by समतल अनलाइन

काठमाडौं । निजी लगानीमा सञ्चालित विद्यालयलाई सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने तयारीमा सरकारले थालेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीतिमा सो विषय उल्लेख गरिएको छ ।

समाचार पत्रका अनुसार अति गोप्य राखिएको नीतिमा शिक्षामा निजी लगानी गर्नेलाई संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने, अंग्रेजी वा नेपाली वा दुवै शिक्षणको माध्यम हुनुपर्ने, विद्यालयमा विद्यालय कोष स्थापना गरिनुपर्नेलगायतका विषय समेटिएको छ ।

समाचार पत्र लेख्छ– छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रमा लगिएको सो नीतिसँगै विज्ञान नीतिलाई समेत समावेश गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

 
 
  
 

You may also like