हङकङ भीषण आगलागी अपडेट : मृतकको संख्या ९४ पुग्यो, ३०० जना बेपत्ता

by समतल अनलाइन
51Shares

काठमाडौँ । हङकङको आवासीय क्षेत्रमा भएको ठूलो आगलागीमा कम्तीमा ९४ जनाले ज्यान गुमाएका छन् । घटनामा ७६ जना घाइते छन् भने करिब ३०० जना अझै बेपत्ता रहेको समाचारमा उल्लेख छ ।

बुधबार ताई पो जिल्लामा रहेका आठ अपार्टमेन्ट ब्लकमध्ये सातवटा भवनमा आगो फैलिएको थियो। हङकङका नेताहरूले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाएको छ । सुरक्षा व्यवस्थामा कमजोरी रहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

आगलागीका बेला भवनभित्र कति मानिस थिए भन्ने स्पष्ट छैन। प्राप्त तथ्याङ्क अनुसार ती आठ ब्लकमा करिब ४ हजार ६०० जना बस्ने गर्थे ।

आगो कसरी सुरु भयो भन्ने खुल्न बाँकी छ । भवनहरूको मर्मत सम्भार जारी रहेको र बाहिरी भागमा प्रयोग भएका सामग्री अग्निरोधक नभएकै कारण आगो झन् फैलिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

You may also like