51
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरी सारेको छ । शुक्रबार दिउसो २ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
विहिबार पटक पटक भएका छलफल सहमतिमा पुग्न नसकेपछि बैठक आइतबारसम्मका लागि सारिएको छ । विहिबार बिहानदेखिनै कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए । महामन्त्रीद्वय थापा र शर्मा फागुन २१ अघि नै महाधिवेशन हुनुपर्ने अडानमा रहेका छन् ।
संस्थापन पक्ष चुनाव अघि महाधिवेशन गर्न तयार नभएपछि महामन्त्री थापा र शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएपछि संस्थापन पक्ष अप्ठ्यारोमा परेको छ ।

