आठौँ तिलोत्तमा औद्योगिक व्यापार मेला मङ्सिर १५ देखि

by समतल अनलाइन
28Shares

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा आउदो १५ मंसिरसम्म आठौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना महोत्सव हुन लागेको हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३०० भन्दा बढी संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । अहिलेसम्म १५० वटा बुक भइसकेका छन । आइतबार आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी तिब्र पारिएको जिएमले बताए ।

फिस टनेल, जल परी, लन्डन ब्रिज आकर्षका रूपमा रहनुका साथै विभिन्न विधाका प्रतियोगिताहरू राखिने मेलामा करिब ५ लाख दर्शक/उपभोक्ता भित्राएर २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले मुलुकको आर्थिक अवस्था खस्कँदै गएको र मुलुक परनिर्भर बन्दै गएको अवस्थामा स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि टेवा पुर्‍याउन मेला आयोजना गरिएको बताए ।

मेलामा वृद्धवृद्धालाई निःशुल्क, विद्यार्थीलाई छुटको व्यवस्था समेत गरिएको छ । मेला मंसिर ३० गतेसम्म चल्नेछ ।

You may also like

This will close in 0 seconds