40
काठमाडौं।स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँ कारोबार भएको थियो ।
त्यसतै आज चाँदी प्रतितोला तीन हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।




