61
काठमाडौं।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा खटिने प्रहरी कर्मचारीको सूची प्रहरी प्रधान कार्यालयले जाँचबुझ आयोगलाई बुझाएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन सम्बन्धमा छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकामा खटिएका प्रहरीको सूची पठाएको हो ।
अब उनीहरूको बयान सुरु गर्ने आयोगको तयारी छ ।
आयेगका एक सदस्यले भने, ‘जेनजी आन्दोलनका क्रममा खटिएका प्रहरीहरूको सूची प्राप्त भएको छ । आजैबाट बयानका लागि बोलाउने तयारीमा छौं ।’
यसअघि प्रहरीले आईजीपीदेखि जवानसम्म सबै फिल्डमा खटिएको जवाफ आयोगलाई दिएको थियो ।
उक्त जवाफपछि आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई कारबाहीको चेतावनी दिँदै विवरण माग गरेको थियो ।




