६.४९% ब्याजदरमा कृषि कर्जा, कृषि विकास बैंकको घोषणा

by समतल अनलाइन
52Shares

काठमाडौँ । कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी बढाउन कृषि कर्जाको ब्याजदर घटाएको छ। ब्याजदर घटेसँगै बैंकले व्यावसायिक कृषक तथा कृषि व्यवसायीहरूलाई कर्जा सुविधा लिन आग्रह गरेको छ।

बैंकका अनुसार अब कृषकहरूले ६.४९ प्रतिशत ब्याजदरमा कृषि कर्जा प्राप्त गर्न सक्छन्। यसमा ५.४९ प्रतिशत बेस रेट र १ प्रतिशत प्रिमियम समावेश गरिएको छ।

नयाँ ब्याजदर कार्तिक १ गतेदेखि लागू गरिएको हो। बैंकले कृषि पेशा तथा व्यवसायमा आवद्ध ग्राहकलाई लक्षित गर्दै व्याजदर घटाएको जनाएको छ। यस कदमले व्यावसायिक कृषि व्यवसायलाई थप प्रोत्साहन हुने अपेक्षा गरिएको छ।

५८ वर्षदेखि कृषि क्षेत्रमा काम गर्दै आएको बैंकले कुल कर्जा प्रवाहमध्ये ३३ प्रतिशत कर्जा कृषि क्षेत्रमा केन्द्रित गरेको दाबी गरेको छ। हालसम्म बैंकले ८० हजारभन्दा बढी कृषक तथा कृषि व्यवसायीलाई कर्जा उपलब्ध गराइरहेको जानकारी पनि दिएको छ।

You may also like