अझैपनि डोकामै बोकेर इस्मा ५ का नागरिक खानेपानी खादैँ

by समतल अनलाइन
Shares

मनोज कार्की

गुल्मी। हामी सबैको कानमा गुन्जिने गरेको एक घर एक धारा भन्ने नारा नारामा मात्रै सिमित भएको छ । सहर बजार र केहि सु्गम गाउँमा डोकोमा पानी बोकेर खानुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर केहि ठाउँमा अझै पनि घण्टौ हिडेर डोकोमा खानेपानी बोक्नु पर्ने बाध्यता छ । गुल्मीको इस्मा गाउँपालिका वडा नं ५मा खानेपानीको हाकार नै छ ।

इस्मा गाउँपालिका वडा नं ५ का टोप बहादुर नेपाली अहिले ३७ बर्षका भए । उनि गाउँमा सामान्य किराना पसल गर्छन् । तर उनलाई पसलको भन्दा खानेपानीको चिन्ता धेरै लाग्छ । उनले सिद्ध प्राथामिक बिद्यालय नजिकै बाट खानेपानी बोक्दै आएका छन् । बिद्यालयमा पनि निरन्तर पानी नआउने भएकाले कहिले काहिँ त दुई घण्टाको बाटो हिडेर अधेँरी खोलाबाट पानी बोक्ने गर्छन् यो समस्या उनको मात्रै होईन ब्याडीपोखरी कै अनु बिष्ट पनि बिहान देखि बेलुका सम्म पानी बोक्ने काममा नै ब्यस्त हुन्छन् त्यस्तै सोहि टोलका भोजराज बिष्ट पनि खानेपानी डोकोमा बोक्नु पर्ने भएकोले दिक्क परेका छन् ।

ब्याडि पोखरीको सिङ्गो टोललाई नै खानेपानीको ठुलो समस्या परेको छ । डोकोमा पानी नबोके सम्म सोहि टोलका घरपरिबारको भान्सामा खाना पाक्दैन । स्थानियहरु खानेपानीको समस्या भएपछि जनप्रतिनिधि हरुलाई दोष दिदैँ आएका छन् । वडामा खानेपानीको लागि वडामा गत बर्ष ब्याडि पोखरी बनगाउँ खानेपानी योजनाका लागि इस्मा गाउँपालिका बाट ५ लाख बजेट बिनियोज गरिएको र सोहि रकमले ट्याङकी निर्माण गरिएको अध्यक्ष कलानिधि भण्डारी बताए । यस बर्ष वडामा खानेपानीकै लागि २५ लाख बिनियोजन भएको रकमले खानेपानीकोकै काम हुदँै गरेको र सकेसम्म यसै बर्ष पानी खुवाउने नभएमा अर्को बर्ष खानेपानी घरघरमै पुराएर छोड्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए ।

 

इस्मा गाउँपालिका बडा नं ५ मा आठ सय घरदुरी रहेको वडामा ७६ जना मात्रै एक घर एक धाराबाट लाभम्बित भएका छन् ।

You may also like

This will close in 0 seconds