59
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाका अनुसार मङ्गलबार साँझ तामाङले खुकुरी प्रहार गरी श्रीमती सविना तामाङको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट घाइते भएकी सविनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको र अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी लामाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवाद बढेपछि आवेशमा आएर जीतमान तामाङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । हाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप कानूनी कारबाही अघि बढाएको छ ।