हट्यो भारी वर्षाको सम्भावना : कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मध्यम वर्षा हुन सक्ने

by समतल अनलाइन
114Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । तर, भारी वर्षा गराउने बंगालको खाडीको जलवाष्पयुक्त हावा नेपालमा आउन छाडेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन-चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

You may also like