विपदमा परी देशभर ४९ जनाले ज्यान गुमाए

by समतल अनलाइन
161Shares

काठमाडौँ।शनिबार र आइतबारको अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रौतहटमा ३, उदयपुरमा २ र खोटाङमा १ जनाको बाढी पहिरोमा परी मृत्यु भएको छ ।

त्यस्तै बाढी पहिरोमा परी ७ जना बेपत्ता छन् भने २० भन्दा बढी घाइते भएका छन् ।

You may also like