100
काठमाडौँ । सरकारले देशभर आज र भोलि (असोज १९ र २० गते) सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै सम्भावित जोखिमका कारण सुरक्षाको दृष्टिले सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ।
सूचनामा जनधनको क्षति हुन सक्ने अवस्था देखिएकाले जोखिम न्यूनीकरणका लागि बिदा दिने निर्णय गरिएको उल्लेख छ।
दसैँ बिदापछि आइतबारदेखि सरकारी कार्यालयहरू खुल्ने तयारी भइरहेकै बेला लगातारको वर्षा र विपद् जोखिमलाई ध्यानमा राखी दुई दिन थप बिदा घोषणा गरिएको हो।