खराब मौसमपछि त्रिभुवन विमानस्थलका आन्तरिक उडान सञ्चालनमा

by समतल अनलाइन
98Shares

काठमाडौँ । खराब मौसमका कारण हिजो पूर्ण रूपमा ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आजदेखि सञ्चालनमा आएको छ। यद्यपि केही उडान भने ढिलाइ (डिले) भएका छन्।

विमानस्थल कार्यालयका अनुसार आज बिहान दुई वटा आन्तरिक उडान सम्पन्न भएका छन्। बुद्ध एयरले नेपालगन्ज र भद्रपुर गन्तव्यतर्फ उडान भरेको हो।

हिजो मौसम अत्यधिक खराब भएपछि आन्तरिक उडानहरू स्थगित भएका थिए, जसका कारण यात्रुहरू लामो समय विमानस्थलमा अल्झिएका थिए। मौसम सामान्य हुँदै गएपछि आज बिहानदेखि चरणबद्ध रूपमा उडान सञ्चालन सुरु भएको हो।

You may also like