लगातार वर्षापछि मेची करिडोरका तीन पुल बाढीले बगायो

by समतल अनलाइन
96Shares

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीले गएराति मेची करिडोरका तीन वटा पुल बगाएको छ। माईखोला पुल, पुवाखोला बेलिब्रिज र जोगमाई बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

त्यस्तै, लगातार वर्षाका कारण मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी स्थानमा ठूलो–सानो पहिरो खसेको सडक विभागले जनाएको छ।

पहिरोका कारण मेची राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको विभागका अधिकारीहरूले बताएका छन्।

You may also like